Comments Add Comment

लागुऔषधसहित तीन जना पक्राउ

५ भदौ,काठमाडौं । प्रहरीले नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

दुई छुट्टाछुट्टै यात्रुबाहक बसमा आगुऔषध लिएर काठमाडौं आउँदै गरेका दुई जनालाई चेकजाँचका क्रममा प्रहरी प्रभाग नागढुङगाले पक्राउ गरेको हो ।

सप्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ३७८७ नं. को बसमा लागुऔषधसहित आएका सप्तरी बादेवरसाइन नगरपालिका-१ का २२ वर्षे चित्ररन्जन पण्डितलाई प्रहरीले डाइजेल्याव, नुफिर्न, फेनार्गन ५०/५० एम्पुल गरी १५० एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको सहयोगबाट शान्तिनगर वानेश्वर बस्ने २३ वर्षे भुषण सुनारलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको नागढुङ्गा प्रहरी प्रभागका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

सोमबार नै प्रहरीले सिराहाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४५४० नं. को यात्रुबाहक बसमा लागुऔषध ल्याएर आएका पाँचथर तुम्बेवा गाउँपालिकाका-१ का २४ वर्षे विशाल दाहाललाई पक्राउ गरेको छ ।

दाहालको साथबाट २०० थाप नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको प्रहरी निरीक्षक घर्तीले मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment