Comments Add Comment

म कसैको प्रेममा ‘बौलाहा’ बनिनँ, ‘नेपाल आइडल’मा कसैसँग प्रेम बसेनः सुरज थापा

‘म अहिलेसम्म कसैको प्रेममा बहुला बनेको छैन । तर, मलाइ संगीतले बौलाहा बनायो ।’ आफ्नो चर्चित गीत ‘बौलाहा’ गाउँदै गर्दा सुरज थापाले आफू कसैको प्रेममा बौलाहा नबनेको बताए । ‘नेपाल आइडल’को उत्कृष्ट ६ बाट आउट भएपछि सुरजले अनलाइनखबरसँग ‘मस्ती टक’मा कुराकानी गर्दै आफ्ना जीवनका रमाइला पाटा खोलेका छन् ।

सुरजसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

‘नेपाल आइडल’मा आएपछि भने आफूसँग बोल्न नपाउँदा निन्द्रा नै नलाग्ने फ्यान भेट्याएको सुरज बताउँछन् । सुरजले फ्यानले यसरी माया दिएकै कारण आफ्नो सपना पुरा भएको महशुश गरेको सुनाए । नेपाल आइडलमा भाग लिएपछि आफ्नो धेरै शैलीहरु परिवर्तन भएको सुरजको भनाइ छ ।

नेपाल आइडलको टप ६ मा पुगेर बाहिरिएका सुरज दुःखी छैनन् । उनले, हजारौको भिडमा आफू टप ६ मा आइपुग्नु एउटा सफलता भएको बताए । लामो कपाल पालेका, दाह्री पालेका सुरजले आफू प्रेममा वियोग भएर यस्तो गेटअपमा नबसेको बताउँछन् । तर, भगवानले कसैलाइ दुःख दिन्छन् भने, सुखका बाटो पनि खोल्दिन्छन् भन्ने कुरामा आफू सधै नै विश्वस्त रहेको सुरज बताउँछन् । सुरजले आफूले दिएको ‘लोक राउन्ड’को प्रस्तुतीलाइ विश्वभरका नेपालीले मन पराएको भन्दै आफ्नो लागि ठूलो उपलब्धी त्यही भएको बताए ।

रमाइलो कुराकानीका क्रममा, सुरजले नेपाल आइडलका निर्णायकद्धय इन्दिरा जोशी र न्ह्यू बर्जचार्यको क्यारिकेचर पनि गरे । सुरज आफैमा रमाइलो मान्छे पनि हुन् । उनलाइ हामीले सोध्यौ, ‘तपाइको पैसामा सपिङ गर्ने तर रोजाइ उसकै हुने यूवतीलाइ छाड्नु हुन्छ कि के गर्नुहुन्छ ?’ उनले भने-‘मलाइ भन्न त गाह्रो भयो । तर, पैसाकै लागि प्रेम गर्नेसँग बस्नुको के अर्थ ।’

सुरज आफ्नो संघर्षको दौरानमा धेरै ठाउँमा गीत गाउनका लागि दौडिए । गाउँमा एउटा ठूलो स्टेज शो हुने बेलामा, साथीले उनलाइ शो कार्यक्रममा लगेका थिए । तर, सुरजसँग राम्रो लूगा भने थिएन । साथीले, बाथरुममा लगेर आफ्नो लूगा दिएर स्टेजमा गीत गाएको पल उनी विर्सदैनन् । सुरजले आगामी दिनमा पनि दर्शक तथा श्रोताको मायालाइ मर्न नदिने र निरन्तर संगीतमै लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment