Comments Add Comment

‘रोमियो’को वियोगान्त गीत रिलिज, नीशा र ओसिमाको प्रेम पीडामा हसन


कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो’को ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो चर्चित भैसकेको छ । चलचित्रमा समावेश दोश्रो गीतको लिरिकल अडियो पनि यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । एचआरके प्रोडक्शनको र एसको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा समावेश ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको हो ।

कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको यो गीतमा कुर्वानकै शब्द तथा संगीत छ । यो चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाइ नव-निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् । मिलन सापकोटा कार्यकारी निर्माता रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, रामेश्वर कार्कीको छायांकन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन छ ।

सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रलाइ दर्शकले मन पराउने विश्वास निर्माता तथा नायक हसनराजा खानले गरेका छन् । उनले भने-‘चलचित्रको कथावस्तुले यसपटक दर्शकलाइ रुवाउनेछ । एउटा उत्कृष्ट प्रेमकथा तयार पार्ने कोशिश हामीले गरेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment