Comments Add Comment

बरुणको ‘जुड्वा २’को ट्रेलर हेर्नुहोस्, ज्याकलिन र तपसीको बोल्ड अवतार


बलिउडमा चलचित्र ‘स्टूडेन्ट अफ द इयर’बाट प्रवेश गरेका नायक बरुण धवनको आजसम्म कुनै पनि चलचित्र असफल भएका छैनन् । यसैले पनि उनलाइ बलिउडमा नयाँ स्टारको रुपमा हेरिने गर्दछ ।

उनै, बरुणको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ । नायक सलमान खानको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा’को रिमेकको रुपमा बनेको यो चलचित्रलाइ निर्देशक डेविड धवनले निकै रोमाञ्चक पाराले तयार गरेका छन् ।

चलचित्रमा नायिकाद्धय ज्याकलिन फर्नान्डेज र तपसी पन्नुको मुख्य भूमिका छ । यो चलचित्रमा दुबै निकै बोल्ड देखिएका छन् । कमेडी, एक्सन र रोमान्सको यो चलचित्र सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment