Comments Add Comment

काउटिन्होलाई किन्ने प्रयासबाट पछि हट्यो बार्सिलोना !

५ भदौ, काठमाडौं । आफ्नो पछिल्लो प्रस्ताव लिभरपुलले समयमै स्वीकार नगरेपछि बार्सिलोना फिलिप काउटिन्होलाई अनुबन्ध गर्ने प्रयासबाट पछि हटेको छ ।

युरोपेली सञ्चारमाध्यमका अनुसार काउटिन्होका लागि बार्सिलोनाले गरेको प्रस्ताव जर्गेन क्लपको टोली लिभरपुलले आइतबार साँझ सात बजेसम्म स्वीकार गरिसक्नुपर्ने थियो ।

यद्यपी, यस्तो पनि देखिएको छ कि लिभरपुलले काउटिन्होलाई लिभरपुलमै राख्ने अडानमा पनि छैन ।

गत शुक्रबार क्याटलान क्लवले ११३ मिलियन पाउण्डको पछिल्लो प्रस्ताव गरेको थियो र यसबाट पार नलागेपछि उसले काउटिन्होलाई ल्याउने प्रक्रियाबाट हात झिकेको छ ।

लिभरपुल छाडेर बार्सिलोनामा नेइमारको स्थान ग्रहण गर्ने ब्राजिलियन स्टार काउटिन्होको चाहना पनि अब पूरा नहुने निश्चितप्रायः भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment