Comments Add Comment

अस्कर अवार्डका लागि ‘सेतो सूर्य’को छनोट


चलचित्र ‘सेतो सूर्य’ले यसबर्षको ‘अस्कर अवार्ड’मा नेपाली चलचित्रको प्रतिनिधित्व गर्ने भएको छ । दीपक रौनियारको निर्देशनमा तयार भएको यो चलचित्रले ‘विदेशी भाषी विधातर्फ’ अस्कर अवार्डमा प्रतिस्पर्धा गर्नेछ ।

अस्करको नेपाल छनोट टिमले यो चलचित्रलाइ विश्वकै सवैभन्दा प्रतिष्ठित अवार्डको प्रतिस्पर्धामा पठाउने निर्णय गरेको हो । अस्कर अवार्डका लागि नेपाली चलचित्र ‘बिजुली मेसिन र सेतो सूर्य’ले निवेदन दिएका थिए ।

दयाहाङ राइ, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका रहेको यो चलचित्रले विश्वमा आयोजना भएका थुप्रै चलचित्र महोत्सवमा अवार्ड जितिसकेको छ । नेपालमा भने व्यापारिक रुपमा यो चलचित्र असफल भएको थियो । यो चलचित्रले नेपालमा भएको एक दशक लामो द्धन्द्धको समयमा एक मृतकलाइ घाटमा लैजान देखिएको समस्यालाइ मार्मिक ढंगले उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment