Comments Add Comment

गाउँपालिकाको विकासका लागि नयाँ शक्तिको ३० बुँदे ज्ञापनपत्र

५ भदौ, गुल्मी । नयाँ शक्ति पार्टी नेपाल, चन्द्रकोट गाउँपालिका गुल्मीले गाउँपालिकाको समग्र बिकासका लागि ३० बुँदे ज्ञापन पत्र बुझाएको छ ।

नयाँशक्तिले गाउँपालिका अध्यक्ष द्रोण खत्रीसमक्ष गाउँको आर्थिक विकास, सुशासन, भ्रष्टाचारमुक्त समाज लगायतका बिभिन्न जनसरोकार सम्बन्धी बिषय र माग समेटेर गाउँ कार्यपालिकालाई ३० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

समाजमा व्याप्त सामाजिक विकृति विसंगती, जातीय तथा लैङ्गकि विभेद अन्त्य गर्न जनताले विश्वास गरी निर्वाचित गरेको नयाँशक्तिले स्मरण गराएको छ ।

नयाँ शक्ति पार्टी नेपाल चन्द्रकोट गाउँपालिकाका तर्फबाट पार्टीका जिल्ला संयोजकसमेत रहेका तेजेन्द्र थापा र गाउँपालिका सहसंयोजक सरोज गुरुङसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment