Comments Add Comment

७ ब्रोकर आउट भएपछि ५२ करोडमा कारोबार सिमित, प्राइम लाइफमा किन आकर्षण ?

५ भदौं, काठमाडौं । धितोपत्र बोर्डले नियमन शुल्क नबुझाएकोमा ७ ब्रोकर कम्पनीको करोबार रोक्न नेप्सेलार्य निर्देशन दिएको छ ।

बजारमा सञ्चालनमा रहेका ५० मध्ये ७ ब्रोकर कम्पनी कारोबारबाट आउट भएपछि कारोबार रकम थप घटेको छ । ७० करोडको हाराहारीमा कारोबार भइरहेको बजारमा कारोबार रकम थप घटेको हो ।

बजार केही दिन देखि ओरालो लाग्ने क्रममा रहेकोले १ अर्बभन्दा माथि हुँदै आएको सेयर कारोबार ७० करोड हाराहारीमा सिमित हुँदै आएको थियो । ब्रोकरहरुको कारोबार भने शुलक नतिर्दासम्म नखुल्ने भएको हो ।

२५ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको प्राइम लाइफले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएपछि कम्पनीको कारोबार यस दिन सबैभन्दा धेरै भएको छ । कम्पनीको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो । कम्पनीले घोषणा गरेको बोनस सेयर र बार्षिक साधारण सभाको लागि यहि १४ गते बुक क्लोज हुने भएको हो । कम्पनीले बोनस सेयर पछि हुने पुँजीको आधारमा हकप्रद जारी गर्ने भएको हो ।

उच्च लाभांश दर (६० प्रतिशत नगद लाभांश) घोषणा भएको सिद्धार्थ लगानी वृद्धि योजनाको कारोबारमा पनि वृद्धि भएको छ । यो योजनाको २ करोड ७८ लाख बराबरको इकाइ किनबेच भएको छ । यो योजना यही पुसमा परिपक्व हुँदैछ ।

यस दिन नेप्से परिसूचक भने ६ अंकले घटेर १६११.५७ बिन्दुमा आइपुगेको छ । बजारमा कारोबारमा आएको ‘अन्य’ बाहेक सबै समूहको परिसूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment