Comments Add Comment

सबै चुनाव सकिएपछि मात्र नेपाल पूर्ण गणतान्त्रिक हुन्छः प्रधानमन्त्री

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहको निर्वाचन सम्पन्न भएपछि नेपाल पूर्ण रुपमा संघीय गणतान्त्रिक मुलुक हुने बताएका छन् ।

त्रिचन्द्र क्याम्पसको सतवार्षिकी कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानअनुसार सबै तहको निर्वाचन सम्पन्न गरेपछि मुलुक नया संघीय संरचनामा विधिबत प्रवेश गर्ने बताए ।

प्रदेश नम्बर २ मा असोज २ गते स्थानीयतहको तेश्रो चरणको निर्वाचन सम्पन्न भएपछि प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन गरिने भन्दै उनले त्यसपछि सबै वर्ग र तहको सम्पूर्ण अधिकार प्राप्त हुने दावी गरे ।

प्रदेश र केन्द्रीय संसदको निर्वाचन मंसिर १० गते गर्ने निर्णय सरकारले गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment