Comments Add Comment

एनआरएनए घानाको अध्यक्षमा पदम राना निर्बिरोध

२१ अगस्ट, घाना । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति घानाको तेश्रो वाषिर्क साधारणसभा घानाको आकरामा सम्पन्न भएको छ ।

संघका अध्यक्ष मीन मगरको सभापतित्वमा भएको साधारणसभाले वर्ष २०१७-२०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रुपले चयन गरेको छ ।

समितिमा जगन्नाथ पाठक उपाध्यक्ष, बालकृष्ण निरौला महासचिव, विकास सुवेदी सचिव र कपिल खराल कोषाध्यक्ष चयन भएका छन् ।
त्यसैगरी सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युवा संयोजक चयन भएका छन् ।

समितिको सदस्यहरुमा मनोरथ खडका, बैकुण्ठ पौडेल, युबराज भट्टराई, सुनिल चौधरी र शेरबहादुर खडका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment