Comments Add Comment

अख्तियारका कर्मचारीले तलव कटाएर बाढीपीडितलाई सहयोग गर्ने

५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुले बाढीपहिरो पीडितहरुका लागि आफ्नो तलव कटाएर आर्थिक सहयोग गर्ने भएका छन् ।

आयोगमा कार्यरत कर्मचारीहरुले श्रेणीअनुसार १ दिनदेखि १५ दिनसम्मको तलब कटाएर बाढीपहिरो पीडितहरुका लागि सहयोग गर्ने भएका हुन् ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको अध्यक्षतामा गत साउन ३१ गते बसेको बैठकको निर्णय अनुसार नै अख्तियारका कर्मचारीहरुले पनि तलव कटाएर बाढीपहिरो पीडितलाई सहयोग गर्ने भएका हुन् ।

अख्तियारका प्रमुख आयुक्त र आयुक्तज्यूहरूले १५ दिन बराबरको रकम सहयोग गर्ने छन् । यस्तै विशिष्ट श्रेणीका कर्मचारीहरुले सुरुको तलवको पाँच दिन, प्रथम श्रेणीका कर्मचारीले चार दिन, द्धितीय र तृतीय श्रेणीका कर्मचारीले तीन दिन, राजपत्र अनङकित कर्मचारीले दुई दिन र श्रेणीविहीन कर्मचारीले एक दिनको तलव बाढीपहिरो पीडितका लागि सहयोग गर्ने भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment