Comments Add Comment

अर्घाखाँचीमा १२ हजार मतदाता थपिए

५ भदौ, अर्घाखाँची । अर्घाखाँचीमा करिब १२ हजार नयाँ मतदाता थपिएका छन् ।

स्थानीय तह निर्वाचन पछि जिल्ला निवार्चन कार्यालय अर्घाखाँचीले संकलन गरेको मतदाता मात्रै ११ हजार ९६७ जना रहेको जिल्ला निवार्चन कार्यालयका कम्प्युटर अपरेटर नारायणप्रसाद बन्जाडेले जानकारी दिए ।

साउन १६ गतेदेखि भदौ ३ गतेसम्म गरिएको नामावली संकलनमा सबैभन्दा धेरै सितगंगाबाट २ हजार ५३६ जनाले नाम दर्ता गराएका छन् ।

यस्तै भुमिकास्थान नगरपालिकामा ८४६, छत्रदेव गाउँपालिकामा एक हजार १९२, पाणिनी गाउँपालिकामा ८८०, मालारानी गाउँपालिकामा ८०४ जना, जिल्ला निवार्चन कार्यालयमै आएर २२ सय ३० जनाले नाम दर्ता गराएका छन् ।

अहिलेको मतदाता नामावली संकलनमा १९५ जनाको नामावली दोहोरिएको छ । दोहोरिएका नाम हटाउन निवार्चन कार्यालयले जानकारी गराइसकेको छ ।

जिल्लाभरमा एक लाख ३२ हजार मतदाता रहेकोमा अव करिव १२ हजार नयाँ मतदाता थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment