Comments Add Comment

बजाजको दसैं र तिहार योजनाः ‘६ नि शान’

५ भदौ, काठमाडौं । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले दशैं तिहारका लागि ‘६ नि शान’ योजना प्रस्तूत गरेको छ । यो योजना सोमबारदेखि सुरु भएको छ ।

‘यो रोमाञ्चक योजनाका दुई मुख्य अर्थहरु रहेका छन्, पहिलो अर्थ ‘६ वटा लक्ष्यहरु’ छन् र अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसँग आफू आबद्ध हुनु हो । जसले बजाज बाइक चढ्छ वा किन्छ त्यसले निकै गौरबको महसुश गर्दछ र यो उत्सव भनेको बजाज बाइक खरिद गर्ने उत्सव हो’ विज्ञप्तिमा भनिएको छ ।

यो योजनाको अवधिभर खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्टि्रब्यूटरहरुबाट बजाज बाइक खरिद गरेको हुनुपर्नेछ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “एचएच बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ । यसका साथै हामी हाम्रा ग्राहकहरुका सबै खुसीमा साथ दिन चाहन्छौँ र यसका लागि दशैँ तिहार भन्दा राम्रो उत्सव के हुन सक्छ र हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरुले यो योजना निकै मन पराउनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment