Comments Add Comment

पत्रकार महासंघमा १४४९ मत खस्यो

५ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान १० बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ ।

जम्मा मतदाता एक हजार  ५१६ मध्ये एक हजार ४४९ मत खसेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी  दिएका छन् ।

प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र लेखा समितिसहित पचास सदस्यका लागि मतदान भएको हो ।

महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा गोविन्द आचार्य, तीर्थ कोइराला, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही प्रतिस्पर्धामा छन् ।

पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि केही बेरमा मतदानस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा नै हुने संयोजक खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment