Comments Add Comment

संशोधनले यसरी छुट्यायो राप्रपामा थापा र राणाका सांसद !

कमल थापासँग १९, पशुपतिसँग १८ सांसद

५ भदौ, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाको पक्षमा १९ सांसद देखिएका छन् । १८ सांसद भने पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकतिर लागेका छन् । सोमबार संसदमा भएको मतदानले यो संख्या छुट्याएको छ ।

पार्टी फुट्नुअघि राप्रपासँग ३७ सांसद थिए । राणाको नयाँ दलले मान्यता नपाइसकेको अवस्थामा सोमबार संसदमा संविधान संशोधन विधेयकमाथि भोटिङ भयो, जसले कसको पक्षमा कति सांसद भन्ने देखाएको हो ।

राप्रपाले संशोधनको विपक्षमा मत हाल्न हृवीप जारी गरेको थियो भनेे राप्रपा प्रजातान्त्रिकले संशोधनको पक्षमा भोट हाल्ने निर्णय लिएको थियो ।

पार्टी हृवीपअनुसार १९ सांसदले संशोधनको विपक्षमा भोट हालेको राप्रपाका प्रवक्ता भुवन पाठकले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘अनुपस्थित भएर वा संशोधनको पक्षमा भोट हालेर पार्टी हृवीप उल्लंघन गर्ने सांसदहरुमाथि अब कारवाही गरिनेछ ।’

राप्रपाले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

को-को कता लागे ?

कमल थापा नेतृत्वको राप्रपातिर जयन्त चन्द, दिलनाथ गिरी, विक्रमबहादुर थापा, गंगाप्रसाद यादव, कुन्तीकुमारी शाही, भाष्कर भद्रा, दिनेश श्रेष्ठ र सुशील श्रेष्ठ छन् । यस्तै परशुराम तामाङ, राजेश्वरी देवी, लिला श्रेष्ठ, भक्तबहादुर खपाङ्गी, श्यामसुन्दर टिवडेवाल, राजकुमार अग्रवाल, रामदुलारी चौधरी, कान्ति पासी, गणेश थापा र कान्ता भट्टराई पनि राप्रपामा छन् ।

राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा भने दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, बिराज बिष्ट, रेशम लामा, विक्रम थापा, सइन्द्र बान्तवा, कमला शर्मा र भानु महरा छन् । यस्तै रामकुमार सुब्बा, बबिना मोक्तान, सीता लुईटेल, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, आनन्दी पन्त, इस्तियाक अहमद खान र गीता सिंह पनि राप्रपा प्रजातान्त्रिकतिर लागेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment