Comments Add Comment

कांग्रेस महामन्त्रीको विश्लेषणः यो ठूलो ‘सेटब्याक’ होइन

'प्रतिपक्षको काम नै हो विरोध गर्ने'

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधन प्रस्ताव असफल भए पनि यसलाई ठूलो ‘सेटब्याक’ मान्न नहुने प्रतिक्रिया दिएका छन् । सत्तापक्षले मधेसी दल र त्यहाँका बासिन्दाको भावना समेटेर जाने प्रयास गरेको महामन्त्री कोइरालाले बताएका छन् ।

‘हामीले प्रयास गरेका थियौं, प्रतिपक्षले सहयोग गरेन,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘तर, यो ठूलो सेटब्याक होइन, भविष्यमा पनि मधेस र मधेसका बासिन्दाको भावना समेटेर अगाडि बढ्ने प्रयास जारी राख्नेछौं ।’

मुख्य विपक्षी दल एमालेले विधेयक असफल हुनुको दोष सत्तापक्षतिर सोझ्याएको छ नि भन्ने प्रश्नमा कोइरालाले भने, ‘प्रतिपक्षको काम नै हो विरोध गर्ने ।’

संविधान संशोधन विधेयक अस्वीकृत भएकै कारण राजपाले चुनावमा भाग नलिने निर्णय गर्लाजस्तो कांग्रेसलाई नलागेको कोइरालाको भनाइ छ । ‘राजपाका कार्यकर्ताले घरदैलो अभियान नै शुरु गरिसकेका छन्, चुनाव अपरिहार्य रहेको संकेत उनीहरुले पाएका पनि छन्,’ उनले भने ।

यद्यपि, विधेयकलाई प्रक्रियामा लैजाने बेलामा राजपाबाट कुनै वचनवद्धता भने नलिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment