Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः देउवाको भारत भ्रमणदेखि संविधान संशोधन अस्वीकृतसम्म

६ भदौ, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकतासाथ छापेका छन् । व्यवस्थापिका संसद्बाट संविधान संशोधन विधेयक फेल भएकोदेखि प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणसम्मक खबरले पत्रपत्रिकामा ठाउँ पाएका छन् ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर १० गते एकैपटक गर्ने निर्णय गरेको विषयलाई पनि पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।

गोरखापत्र दैनिकले प्रदेश र संसद्को निर्वाचन मंसिर १० गते गर्ने भनेर मन्त्रिपरिषद्ले गरेको निर्णयलाई मुख्य खबर बनाएको छ । संविधान संशोधन अस्वीकृत भएको, महामारी फैलन नदिने बाढीप्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाएकोलगायत खबरलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

‘खनियाँलाई कारबाही किन हुँदैन ?’ शीर्षक दिएर नयाँ पत्रिकाले मुख्य खबर लेखेको छ । नयाँ पत्रिकाको पहिलो पृष्ठमा आज दुवै निर्वाचन १० मंसिरमा, यस्तो हुँदै छ देउवाको भारत भ्रमण, संविधान संशोधन प्रस्ताव संसदबाट अस्वीकृतलगायत शीर्षकका समाचार छन् ।

नागरिक दैनिकले प्रदेश र केन्द्रको निर्वाचन मंसिर १० मा गर्ने भनेर मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नै मुख्य खबर बनाएर लेखेको छ भने राजधानी दैनिकले संविधान संशोधन विधेयक फेल भएको छापेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले भदौ ७ गतेबाट भारत भ्रमण गर्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले सात समझदारी गर्न लागेको जनाएको छ । कान्तिपुर दैनिकले नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिँदा भएका चलखेलदेखि संविधान संशोधन विधेयक असफल भएको सम्मका खबरलाई प्राथमिकताका साथ छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment