Comments Add Comment

कांग्रेसको सम्पत्ति ११ करोड, चुनाव लड्दा सकियो १ करोड

६ भदौ, काठमाडौं । स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रुपमा पनि घाटा लागेको छ । चुनावपछि कांग्रेसको बैंक व्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ ।

साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेष्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायत बैंकमा रहेको खातामा ५ करोड २० लाख रुपैयाँ मौज्दात देखिएको छ ।

पार्टीको तेह्रौं महाधिवेशनमा तत्कालीन कोषाध्यक्ष चित्रलेखा यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा २०७२ फागुन १८ गतेसम्म कांग्रेसको बैंक खातामा कुल रकम ६ करोड ६७ लाख ४५ हजार ९ सय ४७ थियो । स्थानीय तहको निर्वाचनपछि बैंक मौज्दात घटेको पार्टी कार्यालयका कर्मचारी बताउँछन् । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment