Comments Add Comment

भारतीय पुल धसिँदा कन्टेनर अलपत्र

६ भदौ, काठमाडौं । भारत विहारको अररिया जिल्लास्थित मिरगन्ज खोलाको पुल बाढीका कारण धस्सिएपछि नेपाल आउने पाँच सय मालवाहक गाडी सीमाक्षेत्रमै रोकिएका छन् । यो पुल भारतको राष्ट्रिय राजमार्ग एनएच ५७ए अन्तर्गत पर्छ ।

यो ठाउँ नेपाल–भारत सीमाबाट ६ किलोमिटर दक्षिणमा अवस्थित छ । पुलले अधिक भार थेग्न नसक्ने भएपछि भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने गाडीलाई बथनाहामै रोकेका छन् । नेपालतर्फ भारत जानुपर्ने पाँच सय गाडी विराटनगर भन्सार उत्तरतर्फ लाम लागेका छन् ।

आइतबार साँझदेखि भारतीय सुरक्षाकर्मीले मालवाहक साधनलाई पुल भएर चल्न रोक लगाएका हुन् । गाडीको लाम बथनाहा दक्षिणतर्फ करिब तीन किलोमिटर परसम्म पुगेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment