Comments Add Comment

झापामा घरमाथि खस्यो बिजुलीको हाइटेन्सन तार, ३ गम्भीर घाइते

६ भदौ, झापा । झापामा मंगलबार बिहान बिजुलीको हाइटेन्सन तार खस्दा ३ जना गम्भीर घाइते भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीका चन्द्र काफ्लेको घरमा मंगलबार बिहान ६ः३० बजे बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर खस्दा तीन जना घाइते भएका हुन् ।

झापाका प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, बिजुलीको करेन्ट लागेर घरमुली ५५ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४७ वर्षीया राधिका काफ्ले र २४ वर्षीया दमन्ता काफ्ले गम्भीर घाइते भएका छन् ।

उनीहरुको अहिले बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । करेन्ट लागेर दुई चौपायाको समेत मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment