Comments Add Comment

माओवादीको निष्कर्ष : एमालेका कारण संशोधन विधेयक फेल

पार्टीको सबै शक्ति प्रदेश नम्बर २ मा लगाउने निर्णय

६ भदौ, काठमाडौं । माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेको दम्भ र अहंकारको कारण संविधान संशोधन विधेयक फेल भएको निस्कर्ष निकालेको छ । मंगलबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले एमालेकै कारण संशोधन विधेयक फेल भएको भन्दै राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भएको निस्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले जनतालाई अधिकार दिन एमाले नेतृत्व नकारात्मक र मुलकलाई अग्रगमनमा लैजान बाधा खडा गरेको बताइन् ।

‘जनतालाई अधिकार दिन एमाले र त्यसको प्रमुख नेतृत्व जुन तवरले नकारात्मक भयो, त्यसले मुलुकलाई अग्रगमनको दिशामा लैजान बाधा खडा गरेको छ,’ बैठकपछि प्रवक्ता भुसालले भनिन्, ‘सरकार र सरकारमा रहेका दलले सकारात्मक प्रयास र पहल गरे पनि मुलुकको आवश्यकतालाई ध्यान नदिइनु गलत छ ।’

माओवादी केन्द्रले जनताको अधिकार प्राप्तिको संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णयसमेत गरेको प्रवक्ता भुसालले बताइन् ।

पार्टीको सबै शक्ति प्रदेश नम्बर २ मा

नेकपा माओवादी केन्द्रले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ । प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्ने लक्ष्यसहित चुनावमा होमिने माओवादीले निर्णय गरेको हो ।

पहिलो र दोस्रो चरणको चुनावमा प्राप्त शिक्षाको आधारमा २ नम्बर प्रदेशमा पहिलो शक्ति हुने गरी होमिने प्रवक्ता भुसालले बताइन् ।

माओवादीले यसअघि नै नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादवलगायतलाई निर्वाचनका विषयमा आवश्यक तयारी गर्न केन्द्रीय प्रतिनिधि परिचालन गरेको थियो ।

यो पनि पढ्नुस्

बाढी पीडितलाई पाँच लाख दिन माओवादी केन्द्रको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment