Comments Add Comment

मकवानपुरको प्रतापुरमा स्वास्थ्य शिविर


६ भदौ, काठमाडौं । बाढीलेे पुर्‍याएको क्षतिलाई मध्यनजन गर्दै नेपाल स्काउट मकवानपुर स्काउट कार्यालय र युथ फर ह्युमन राइट्सकोको संयुक्त आयोजनामा १ दिने स्वास्थ्य शिविर मकवानपुरको मनहरी- ५ प्रतापुरमा भएको छ ।

करिव तिन सय घरधुरी रहेको सो ठाउँमा राप्ती खोलाले क्षति पुर्‍याएको थियो । १८ घर पूर्णक्षति र ४८ घर आंशिक क्षति भएको त्यस ठाउँका विस्थापित पिडीतलाई स्वास्थ्य जाँच, औषधी वितरण, लत्ता कपडा र न्यानो ब्ल्याङ्केट, भिटामिन, खाद्यान्न वितरण गरिएको थियो ।

नेपाल स्काउटका सथौ विभिन्न संस्थाका स्वयंसेवी परिचालित सो एकदिने शिविरलाई नेपाल लग्जमवर्ग लोक कल्याणकारी संस्थाले आर्थिक सहयोग गरेको थियो ।

कार्यक्रममा नेपाल स्काउट मकवानपुरका जिल्ला आयुक्त वेली थापा तथा युथ फर ह्युमन राइट्स नेपाल च्याप्टरका गुणराज प्याकुरेलका साथै अन्य भोल्युन्टियर, स्काउटर रोभर रेन्जर स्काउट साथै किष्ट मेडिकल कलेजका प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment