Comments Add Comment

चन्दाको गीतमा झल्कियो एलिसाको चाहना


गायिका चन्दा देवनले ‘अली अली’ बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । लोक शैलीको यो गीतमा मोडल एलिसा राइको नृत्य हेर्न सकिन्छ । छोरीले आमाको सामु अभिव्यक्त गरेका भावनालाइ नृत्यको माध्यमबाट निर्देशकले भिडियोमा देखाउन खोजेका छन् ।

विदुर खतिवडाले यो भिडियोको निर्देशन गरेका हुन् । उमेरसँग छोरीमा आएका चाहना र रहरहरुलाइ गीतमा चन्दाले उल्लेख गरेकी छिन् । चेतन बाराकोटीले लेखेको गीतमा सचिन सिंहको संगीत छ ।

सुदिप बरालको छायांकन, राजिव समरको कोरियोग्राफी रहेको यो गीतलाइ नगरकोटमा छायांकन गरिएको हो । गायिका चन्दाले यो आमा-छोरीको गीत भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment