Comments Add Comment

पत्रकार महासंघमा कसैलाई भेदभाव हुँदैनः आचार्य

विजयी सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य । तस्वीर: रासस

६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने बताएका छन् । निकटतम प्रतिद्वन्द्वी तिर्थ कोइरालाको सल्लाहअनुसार महासंघलाई अघि बढाउने उनले प्रतिवद्धता पनि जनाए ।

अध्यक्षमा निर्वाचित भएपछि आयोजित विजयी सभालाई सम्बोधन गर्दै आचार्यले उनले महासंघ भित्र कसैमाथि पनि भेदभाव नहुने भन्दै साझा संस्था बनाउने बताए ।

उनले आफ्नो विजयलाई सबै पत्रकारहरुको विजयको रुपमा लिन पनि आग्रह गरे ।

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रेस चौतारीका तिर्थ कोइरालालाई १०५ मतअन्तरले हराएका छन् ।

महाधिवेशनबाट पदाधिकारीमा आचार्यकै प्यानल विजयी भएको छ । केन्द्रीय सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment