Comments Add Comment

‘२ रुपैयाँ’मा निश्चल र स्वस्तिमा काम गर्न किन राजी भए ?, यस्तो छ रोचक कुरा


भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ अहिले संवादका कारण पनि चर्चामा छ । विशेषगरि, ‘यसलाइ सेल्फ-पि भन्छ मोरा’, खुर्रर जाएगा, खुर्रर आएगा, थरि थरिका दाह्री, त्यो दाह्रीवाला चै खै’ जस्ता संवादले यसलाइ चर्चामा ल्याइदिएको छ । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा १ करोड ७० लाख बढी भ्यूज पाएको छ भने चर्चा पनि खुबै पाइरहेको छ ।

चलचित्रको निर्माणपक्षले यसको निर्माणको सुरुवात कसरी भयो भन्ने रोचक कुरा खुलाएको छ । चलचित्र ‘कर्कश’ विं.सं २०७० मा बनेको थियो । यो चलचित्रको प्रदर्शन लगतै यसका निर्देशक तथा ‘२ रुपैयाँ’का कलाकार तथा कथाकार आशिफ शाहले खाका तयार पारिसकेका थिए । नेपालको तराइ भूभागमा कम रकमको नोटको पृथक नम्बरलाइ प्रयोग गरि कारोवार गर्ने गरिएको सुनेका आशिफले त्यसलाइ नै कथामा उतारे । यसपछि, उनले आफ्ना भाइ तथा निर्देशक असिम शाहसँग सल्लाहा गरेर कथा लेखेका थिए ।

चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत भन्छन्-‘आशिफ दाइले कथा सुनाउने वित्तिकै नै मैले आफूलाइ जुरेली पात्रमा देख्न थालेको थिएँ । यदि मैले अभिनय गर्ने हो र प्रमुख पात्र नै बनेर अभिनय गर्ने हो भने म यस्तो खालको पात्र खेल्छु भनेर पहिलेदेखि नै सोचिरहेको थिएँ ।’

यस्तै, अर्का कलाकार वुद्धि तामाङ भन्छन्-‘आशिफजीले कथा सुनाउन्जेल पनि म आफू चै असइको भूमिकामा ठिक हुन्छु होला कि हुदिनँ होला भनेर सोचिरहेको थिएँ । तर, कथाको अन्त्य सुनिसकेपछि मैले आफैले सोधे-‘के मैले असइको भूमिका गर्ने हो ?’

‘कुटुमा कुटु’ गीतका लागि पनि चलचित्रको निर्माताले नायिकाको खोजी गरिरहेको थियो । आशिफले घरमै नायिका हुँदा हुँदै किन बाहिर खोज्नु भनेर निश्चललाइ भनेपछि निश्चल पनि स्वस्तिमालाइ गीतमा नृत्य गराउन तयार भएका थिए ।

निर्देशक असिम शाह चलचित्र आफुहरुले मनैदेखि बनाएकाले पनि दर्शकले मन पराउनेमा विश्वस्त देखिएका छन् । चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन लिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment