Comments Add Comment

नयाँ बिधान पारित गर्न क्यानको विशेष साधारणसभा सुरु

६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघको प्रस्तावित विधानबारे छलफल गर्न मंगलबारदेखि नेपाल क्रिकेट संघ क्यानको बिशेष साधारणसभा सुरु भएको छ ।

आन्तरिक विवाद चरमोत्कर्षमा पुगेसँगै डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन गरेपछि गठन गरिएको सल्लाहकार समूहले तयार पारेको बिधान पारित गराउनका लागि आजको साधारणसभा आयोजना गरिएको हो ।

क्यानको निर्वाचित कार्यसमितिलाई बहिस्कार गर्दै राष्ट्रिय खेलकुद परिषदले नयाँ समन्वय समिति गठन गरेपछि क्रिकेट विवाद उत्कर्षमा पुगेको थियो, फलस्वरुप नेपाली क्रिकेट निलम्बनमा परेको थियो ।

आईसीसीले बिधानबारे छलफल गर्न भदौ १० गतेसम्मको अवधी दिएको थियो । समयसीमाभित्रै क्यानले बिधान स्वीकार गरेपनि साधारणसभाले बिधान पारित गराउने सम्भावना न्यून छ ।

किनभने आईसीसीलाई विधान ड्राफ्ट गर्दा नै निर्वाचित कमिटीका पदाधिकारीले असन्तुष्टी राखेका थिए । अहिले जिल्ला र क्षेत्रका पदाधिकारीले पनि विधानको २३ नम्वर बूँदामा असन्तुष्टी जनाएका छन् ।

यस बुँदामा संघको सदस्यताबारे उल्लेख छ । जहाँ क्रिकेट खेलाडीलाई सदस्यता दिन तीन वर्षको बीचमा क्यान तथा राखेपले आयोजना गरेको कम्तिमा तीन राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने, रेफ्रीको हकमा एसीसी र आईसीसीको एक श्रेणीको प्रमाणपत्र हुनुपर्ने उल्लेख छ । त्यस्तै सदस्यता शुल्कमा पनि व्यक्तिगततर्फ १ हजार र संंस्थागत तर्फ ५ हजार तोकिएकोमा पनि प्रतिनिधिले बिरोध जनाएका छन् ।

केन्द्रीय कार्यसमितीले बढीमा तीन संस्थागत प्रतिनिधिलाई केन्द्रीय साधारण सभामा मताधिकार विना परिवक्षेकका रुपमा भाग लिन पाउने विषयमा राष्ट्रिय खेलकुद परिषदका साथै कार्यसमितीका केहि पदाधिकारी असन्तुष्ट छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले साधारणसभाले विवाद समाधानसँगै क्यानको गठन गरेेर क्रिकेट विकासमा लाग्न आहृवान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment