Comments Add Comment

प्राधिकरणको दोस्रो अप्रेशनः एकैपटक १०५ कर्मचारीको सरुवा (सूचीसहित)

१३ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा गरेको हो ।

यसपटक सहायक प्रवन्धक, उपप्रवन्धक र इञ्जिनियरहरुको सरुवा गरिएको छ ।

बढी चुहावट हुने केन्द्रमा सक्षम मानिएका इञ्जिनियर र ब्यवस्थापकहरुलाई पठाइएको छ । त्यहाँ कार्यरत प्रमुखहरुलाई भने अन्यत्र खटाइएको छ ।

यसपटक अधिकांश वितरण केन्द्र प्रमुख नै सरुवा भएका छन् । यसअघि एकैपटक २५ सय कर्मचारीको सरुवा गरेको प्राधिकरणले दोस्रोपटक १ सय ५ जना कर्मचारीको सरुवा गरेको छ । अधिकांश वितरण केन्द्रका प्रमुखहरुलाई नै सरुवा गरेर प्राधिकरणले नयाँ नेतृत्वलाई त्यहाँ पठाएको छ ।

प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ । एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा ह्रास आउने भएकाले उनीहरुलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment