Comments Add Comment

पारिवारिक समाज नेपाल, साउदीद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

२२ अगस्ट, साउदी अरेवीया । पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले बाढी पीडितहरूका लागि पूर्वघोषित १ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

समाजले धुर्मुस सुन्तली फाउन्डेसनका सह-संयोजक कुन्जना घिमिरे (सुन्तली)लाई हस्तान्तरण गरेको हो ।

सो सहयोग रकम पारिवारिक समाज नेपाल, साउदी अरेवीयाका अध्यक्ष अमृत पौडेलका धर्मपत्नी लक्ष्मी पौडेलले हस्तान्तरण गरेकी हुन् ।

बाढी पीडितहरूलाई थप आर्थिक तथा जिन्सी सामग्री सहयोग गर्न साउदी अरेवीयाको विभिन्न क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरूलाई समाजले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment