Comments Add Comment

हिमालय बैंकद्वारा बाढी पीडितका लागि औषधी वितरण

६ भदौ,विराटनगर । हिमालय बैंक लिमिटेड विराटनगर शाखाले मंगलबार बाढी र डुवान पीडितका लागि औषधी वितरण गरेको छ ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई बैंकको विराटनगर शाखा प्रवन्धक रोशन मैनालीले औषधी हस्तान्तरण गरका हुन् ।

विभिन्न ११ प्रकारका औषधी बाढी पीडितहरुको लागि हस्तान्तरण गरिएको प्रबन्धक मैनालीले जानकारी दिए ।

विपतमा परेका समयमा मानवीय सेवाको भावनाबाट शाखा कार्यालयमा कार्यरत १५ जना कर्मचारीबाट संकलित ३५ हजार रुयैयाँवाट औषधी खरिद गरिएको प्रशासन विभाग प्रमुख उज्जल खरेलले जानकारी दिए ।

औषधी हस्तान्तरण कार्यक्रमपछि बोल्दै मेयर पुराजुलीले वाढी र डुवान पिडितहरुलाई अहिले पुन स्थापनाको काम भई रहेकाले अन्य राहातका सामग्री भन्दा औषधीको अतिआवश्य रहेको बताउँदै स्वास्थ्य शिविर मार्फत बाढी र डुवान पीडितहरुलाई प्राप्त औषधी वितरण गर्ने जानकारी दिए ।

अविरल वर्षासँगै स्थानीय खोलामा एक साता अघि आएको बाढी र डुवानका कारण विराटनगर महानगरपालिका क्षेत्रमा मात्र १२ हजार विस्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment