Comments Add Comment

कांग्रेसले १२ राज्यमन्त्री छान्यो, अर्थमा उदय, भौतिकमा सीता


६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । ति राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिस गरेको थियो ।

उनीहरुलाई जिम्मेवारी तोकेर प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल बिस्तार गरेका छन् ।

कसलाई कुन जिम्मेवारी ?

१.सरिता प्रसाईं- कृषि बिकास राज्यमन्त्री
२. अमरसिंह पुन- सिचाइ राज्यमन्त्री
३. तेजुलाल चौधरी- युवा तथा खेलकुद राज्यमन्त्री
४. दिलमान प्राखिन- कानुन राज्यमन्त्री
५. अब्दुल रज्जाक- खानेपानी तथा सरसफाइ राज्यमन्त्री
६. शेषनाथ अधिकारी- शिक्षा राज्यमन्त्री
७. सीता गुरुङ- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
८. नरबहादुर चन्द- वाणिज्य राज्यमन्त्री
९. तप्त बहादुर बिष्ट- सूचना तथा सञ्चार राज्यमन्त्री
१०. उदय शमशेर राणा- अर्थ राज्यमन्त्री
११. डिल्ली बहादुर चौधरी- श्रम तथा रोजगार राज्यमन्त्री
१२. चम्पादेबी खड्का- सहकारी तथा गरिबि निवारण राज्यमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment