Comments Add Comment

प्रदिप गिरीलाई ओलीको जवाफः संसदले राष्ट्रियताको पक्षमा फैसला लियो, नमन गर्छु

६ भदाै, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक अस्वीकृत गरेर संसदले राष्ट्रियताको पक्षमा फैसला दिएको टिपपणी गरेका छन् ।

सोमबार संविधान संशोधन विधेयक अस्वीकृत भएको थियो । त्यसको भोलिपल्ट संसदमा विशेष समय लिएर बोलेका विपक्षी दलका नेता ओलीले संसदलाई धन्यवाद दिनुका साथै कांग्रेस नेता प्रदिप गिरीलाई जवाफ पनि दिए ।

मतदान अघिको छलफलमा गिरीले संशोधन विधेयक राष्ट्रवादको नाममा सँगै बस्छु भन्नेहरुमाथि औलो ठड्याउनेहरुलाई जवाफ हो भनेको थिए । ओलीले भने, ‘मैले बहस पनि सुनेँ अलिअलि । यो मिलेर बस्छु भन्नेहरुलाई राष्ट्रवादको औलो ठड्याउनेलाई जवाफ हो भनेर । म यस सदनलाई धन्यवाद भन्न चाहन्छु, नमन गर्न चाहन्छु, यसले राष्ट्रियताको पक्षमा फैसला दियो ।’

‘यस सदनले नेपाली जनताको भावनाको प्रतिनिधत्व गर्‍यो । राष्ट्रहित र स्वाधिनताको प्रतिनिधित्व गर्‍यो’ उनले अघि भने, ‘कति भोट भन्ने कहिले कहिले यता उता हुन्छ तर, जे निष्कर्ष निकाल्नु पर्ने थियो, त्यही निकाल्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment