Comments Add Comment

बैंकका कर्मचारीलाई ६ अर्बको बोनस


६ भदौं, काठमाडौं । वाणिज्य बैंकका कर्मचारीहरुको लागि बैंकहरुले बोनसको रुपमा कुल ६ अर्ब ११ करोड रुपैयाँ वितरण गरेका छन् ।
यसरी बाडिएको बोनस रकम कुल कर्मचारी खर्चको ९ देखि ७५ प्रतिशतसम्म हुने गरेको देखिएको छ । कर्मचारीहरुलाई सबैभन्दा धेरै बोनस दिनेमा तीन सरकारी स्वामित्वका बैंक नेपाल बैंक, राष्ट्रिय वाणिज्य, कृषि बिकास सहित निजी क्षेत्रका ग्लोबल आइएमइ, एभरेष्ट बैंक समेत रहेका छन् ।

यी संस्थाले कर्मचारीलाई ३६ करोड देखि २८ करोड रुपैयाँसम्म बोनस दिएका छन् । कुल कर्मचारी खर्च तुलनामा बोनस अनुपात भने प्राइम बैंकको उच्च रहेको छ । बैंकले कुल कर्मचारी खर्च २८ करोड ११ लाख रुपैयाँको ७५ प्रतिशत रकम बोनस दिएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट, नबिल र सानिमा बैंकको पनि यो अनुपात उच्च छ । यी सबैको यो अनुपात ५० प्रतिशत माथि छ ।

स्रोत : एक वाणिज्य बैंक, रू हजारमा

कर्मचारीहरुको बोनसमा बैंकले खर्चिएको रकम कुल नाफा (४५ अर्ब २६ करोड) रुपैयाँको १३ प्रतिशत बराबर हो । हुनत : बैंकको खुद नाफामा यो रकम पहिले नै कटौती भइसकेको हुन्छ । ४५ अर्ब नाफा गरेका बैंकहरुको लाभांश क्षमता नै ३२ अर्बभन्दा (एभरेष्ट र सिद्धार्थको नजोडिकन) धेरै देखिएको छ । बैंकहरुले सामाजिक उत्तरदायित्वको लागि भने ४५ करोड खर्च गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment