Comments Add Comment

अशोक लेलैण्डको दशैं उपहार, गाडी किन्दा आइफोन, टीभी र वासिङ मेसिन पाइने

६ भदौ, काठमाडौं । नजिकिँदै गरेको दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै अशोक लेल्याण्ड गाडीको नेपालका लागि आधिकारिक बिक्रेता आइएमइ मोटर्सले नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत अशोक लेलैण्डका बस, ट्रक तथा टि्रपरहरुका कुनै पनि मोडलको खरिद गर्दा ग्राहकलाई उनीहरुकै रोजाईमा उपहार प्रदान गरिने छ ।

अशोक लेलैण्डको कुनै पनि एक थान गाडीको खरिदमा आइफोन सेभेन प्लस र आइप्याड वा ५० इन्चको सोनी स्मार्ट टीभी र सामसुङ वासिङ मेसिन पाइने छ । अथवा ग्राहकले २.५७ तोलाको सुनको सिक्का वा पावरम्याक्स स्कुटर पनि रोज्न पाउनेछन् ।

साथै, कुनै पनि दुई थान गाडीको खरिदमा १३ इन्चको म्याकबुक प्रो र आइफोन सेभेन प्लस र आइप्याड वा सोनी टीभी, वासिङ मेसिन र ३१८ लिटरको फि्रज रोज्न पाइने छ ।

त्यतिमात्र हैन, ५.१४ तोला सुनको सिक्का वा युएम रेनोगेड कमाण्डो बाइक, वा एक जोडीका लागि मोरिससको ४ दिन पाँच रातको यात्रा पनि रोज्न पाइने छ ।

यस योजना अशोक लेलैण्डका बस, ट्रक तथा टि्रपरहरुका कुनै पनि मोडलको खरिदमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी तथा भाद्र ३१ ग्ातेसम्म मात्र लागु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment