६ भदौ, काठमाडौं । बर्दियाका बाढी पीडितहरुका लागि काठमाडौंमा राहत संकलन गरिएको छ ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुर, पद्मकन्या, त्रिचन्द्र र के एण्ड के कलेजका विद्यार्थीहरुले राहत संकलन गरेका हुन् ।
उनीहरुले गुलरिया नगरपालिकाका माओवादी केन्द्रका युवा नेता गेहेन्द्र ढकाललाई मंगलबार राहत हस्तान्तरण गरेका छन् ।
५० बोरा लत्ता कपडा र ७८ हजार रुपैयाँ नगद बाढी पीडितलाई वितरण गर्न ढकाललाई हस्तान्तरण गरेको पद्मकन्या क्याम्पस अखिल क्रान्तिकारी इकाई अध्यक्ष बसन्ता भण्डारीले जानकारी दिइन् ।
संकलित राहत बसन्ता भण्डारीसहित सुरेन्द्र बुढाथोकी, सन्दिप अधिकारी, विमला कठायत लगायतले ढकाललाई हस्तान्तरण गरेका हुन् ।
ढकाल स्थानीय चुनावमा गुलरिया नगरपालिकाको मेयरका प्रत्यासी थिए । उनले बाढीपहिरो प्रभावितलाई यथाशिघ्र राहत रकम पुर्याउने र वितरण गर्ने प्रतिबद्धता जनाए ।