Comments Add Comment

प्रदेश नं. ७ मा साढे एक लाख मतदाता थपिए (जिल्लाको सूचीसहित)

६ भदौ, कैलाली । प्रदेश नं. ७ मा करिब साढे एक लाखले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका छन् ।

नाम दर्ता गराउने महिलाहरुको संख्या ७७ हजार ३ सय ४२ रहेको छ भने पुरुष ६५ हजार ८ सय ६१ जना रहेका छन् ।

प्रदेश नं. ७ को सम्भावित राजधानी कैलालीमा सबैभन्दा बढी ६० हजार जना नयाँ मतदाता थपिएका छन् । जसमा पुरुष भन्दा महिलाहरुको संख्या बढी रहेको छ ।

त्यस्तै सबै भन्दा कम बाजुरामा महिला र पुरुष गरी ५ हजार ३ सय ९७ जनाले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए ।

उनले आयोगले १ महिनाको समयसीमा दिएर फोटो सहितको मतदाता नामवाली संकलनका लागि क्षेत्रका सबै स्थानीय तहलाई जिम्मेवारी दिएको बताए ।

त्यस्तै कञ्चनपुरमा महिला र पुरुष गरी ३२ हजार ५ सय २६ जनाले नाम दर्ता गराएका छन् भने बैतडीमा १ जना तेश्रोलिङ्गसहित ८ हजार १ सय ६८ जनाले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसैगरी डोटीमा ६ हजार ४ सय ११ जना मतदाता थपिएका छन् भने डडेल्धुरामा ६ हजार ८ सय ४ जनाले नाम दर्ता गरेका छन् ।

सि.नं. जिल्ला महिला पुरुष तेश्रो लिंगी जम्मा
कैलाली ३३१८० २६८३२ ६००१२
कंचनपुर १८१८२ १४३४४ ३२५२६
डोटी ३१९४ ३२१७ ६४११
डडेल्धुरा ३६४२ ३१६२ ६८०४
बझाङ्ग ३६८० ३५२३ ७२०३
बैतडी ३९४८ ४२१९ ८१६८
दार्चुला २९४७ २९२० ५८६७
अछाम ५९४० ४८७५ १०८१५
बाजुरा २६२८ २७६९ ५३९७
जम्मा ७७३४१ ६५८६१ १४३२०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment