Comments Add Comment

शुक्रबारबाट इम्बोस्ड नम्बर प्लेट जोड्नका लागि अनलाइन आवेदन

६ भदाै, काठमाडौं । सरकारले साउन ९ अर्थात आगामी शुक्रबारबाट बाग्मती अञ्चलका सवारीमा इम्बोस्डको प्लेट जडानको लागि आवेदन खुला गर्ने भएको छ । इम्बोस्डका लागि सुरुवातबाटै अनलाइन आवेदन लिइनेछ ।

सरकारले मंगलबारबाट इम्बोस्ड प्लेट कार्यान्वयनमा आएको घोषणा गरेपनि यसका लागि आवेदन भने खुलाइसकेको छैन । मंगलबार नै विभागले काठमाडौंका यातायात कार्यालयहरुलाई पत्र लेखेर ९ गतेबाट आवेदन लिन सुरु गर्ने जानकारी गराएको छ ।

अब साना ठूला सवारी कार्यालय एकान्तकुना र दुईपंग्रे सवारी कार्यालय मातातीर्थले त्यसका लागि तयारी थालेका छन् ।

आफ्नो सवारीमा इम्बोस्ड जोड्न चाहानेले विभागको वेबसाइटमा उपलब्ध अनलाइन सिस्टममा आफ्नो सवारी नम्बर रजिष्ट्रेशन गराउनुपर्ने विभागका महानिर्देश्क रुप नारायण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । त्यसका लागि अनलाइन सिस्टम तयारी अवस्थामा राखिएको छ ।

अनलाइनमा सवारीनमबरसहित आवश्यक विवरण इन्ट्री गरेपछि सिस्टमले नै सवारी धनि कहिले यातायात कार्यालयमा उपस्थित हुने भन्ने जानकारी गराउनेछ ।

सोही मितिमा सवारी कार्यालयमा पुगेर सवारी धनिले आफ्नो सवारीको इन्रालमेन्ट गर्नुर्पोछ । सवारीका सबै कागजातसहित यातायात कार्यालयमा पुगेर सवारीधनीले आफ्नो बायामेट्रिक दिएर फारम भर्नुपर्नेछ ।

यति प्रक्रिया पछि यातायात कार्यालयले नै दिन तोकेर प्लेट लिन बोलाउनेछ । यातायात कार्यालयले आफूले लिएको विवरण अनुसार इम्बोस्ड छाप्ने जिम्मा पाएको डेकाटोर-टाइगरको कारखानामा प्लेट छाप्न पठाउनेछ ।

कारखानाले तोकिएको अवधिभित्र प्लेट छापेर पुनः सम्बन्धित कार्यालयमा पठाउनेछ । विभागले सवारीको फोटोसहितको विवरण राखेर त्यसमा प्लेट जडान गरिदिनेछ ।

फरक-फरक शुल्क ?

अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टै दस्तुर तिर्नुपर्ने छ । दुईपांग्रे मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड जडान गर्दा २ हजार ५ सय रुपैयाँ खर्च गर्नुपर्छ ।

टेम्पो लगायतका तीन पांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ । यसैगरी कार, जीप, भ्यान तथा ट्रयाक्टर लगायतले ३ हजार २ सय र यसबाहेकका सबै प्रकारका ट्रक, बस लगायत ठूला सवारी साधनले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यसरी जोडिने इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ । इम्बोस्ड प्रविधिमा ५ प्रकारका मात्र नम्बर प्लेट मात्रै कार्यान्वयनमा आउनेछन् ।

सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर र अंक तथा निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर र अंक हुनेछन् । कूटनीतिक सवारीसाधनका लागि सेतो प्लेटमा निलो अक्षर र अंक हुनेछ । राष्ट्रपतिको सवारीका लागि पनि छुट्टै प्लेटको ब्यवस्था छ ।

इम्बोस्डका विशेषता

यो प्लेटमा धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिएको छ । इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।

इम्बोस्ड नम्बरप्लेटमा चम्किलो नम्बर हुने भएकाले टाढैबाट पनि सजिलै नम्बर छुट्याउन सकिन्छ । यसमा लेखिएको नम्बरप्लेट उप्काउन र मेट्न नमिल्ने गरी जडान गरिएको हुन्छ ।

नम्बर प्लेटको कुनामा साना सातवटा संकेत अक्षर राखिएका छन्, जसलाई मेसिनले मात्र पढ्न सक्छ । प्लेटको पछाडि ‘सेक्युरेटी बार कोड’ समेत समावेश हुन्छ ।

यो प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस पनि जोडिएको हुन्छ । यसले सवारीसाधन कहाँ र कुन अवस्थामा छ भन्नेबारे सो डिभाइस निगरानी गर्ने प्रविधियुक्त गेटले नजिकको टावरलाई जानकारी दिन्छ ।

प्लेटमा जोडिएको चिप्सलाई मेसिनको सहायताले ‘रिड’ गरी सवारीसाधनको विवरण हेर्न सक्छन् । यो लागू भएपछि देशभर भएका सबै सवारीको विद्युतीय रेकर्ड सरकारसँग हुनेछ ।

यो प्लेट बलियो र किफायती हुनेछ । एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन ।

किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ । साथै भन्सार छलेर ल्याइएका सवारीहरु पनि यो प्रणाली लागू भएपछि फन्दामा पर्नेछन् ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा एउटा चीप्स स्टिकर टाासिएको हुन्छ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ ।

जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।

काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिन सहितको गेट राख्ने विभागको तयारी छ । तत्काल थानकोट, फफिर्ङ, नागार्जुन, जोरपाटी र जागतीमा यस्ता गेटहरु जडान हुनेछन् ।

यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने विभागको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment