Comments Add Comment

संशोधन असफल भएपनि मुद्दा स्थापित भयोः राजपा

६ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन विधेयक असफल भएपछि मुद्दा स्थापित गरेको भन्दै सन्तोष व्यक्त गरेको छ ।

संशोधन विधेयक फेल भएपछि राजपाको पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको छ । १३३ पदाधिकारी मध्ये ९८ जना उपस्थित थिए ।

बैठक बोल्ने ५३ जना पदाधिकारी मध्ये अधिकांशले प्रदेश २ को चुनावमा जानु पर्नेमा जोड दिएका छन् । मनिष सुमन, कौशलेन्द्र मिश्र, देवेन्द्र यादव लगागतका केहीले भने चुनावमा जान नहुने धारणा राखेका छन् ।

राजपाको बैठकले संविधान संशोधनको पक्षमा मत दिने सांसदहरुलाई धन्यवाद दिएको छ भने विपक्षमा मत दिनेहरु राष्ट्रिय एकता, समावेशीता र उत्पीडितहरुको आन्दोलन विरोधी भएको ठहर गरेको छ ।

राजपाका नेताहरुले संविधान संशोधन फेल भएपनि आफ्नो मुद्दा स्थपित भएको बताएका छन् । ‘हिजो १०/११ प्रतिशत संशोधनको पक्षमा थिए, अहिले यो ६२/६३ प्रतितश पुगेको छ र हाम्रो मुद्दा स्थपित भएको छ’ एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment