Comments Add Comment

मोदीको तयारीः चुनावमा सहयोग गर्ने, दोक्लाममा समर्थन माग्ने

७ भदौ, काठमाडौं । भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय तयारी छ ।

एक्लाएक्लै भनिए पनि छलफलमा भारतका उच्च सरकारी अधिकारी प्रधानमन्त्रीको साथमा रहने यहाँको परम्परा छ ।

पाँच दिने राजकीय भ्रमणका क्रममा देउवा बुधबार नयाँदिल्ली जाँदै छन् । उच्च कूटनीतिक स्रोतका अनुसार, १९५० को सन्धिको धारा २ अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाली सकमकक्षी देउवालाई दोक्लाम घटनाबारे जानकारी दिनेगरी टकिङ प्वाइन्ट बनाउने गरी विदेश मन्त्रालयले तयारी गरिरहेको छ । भारतले चुनावमा सहयोग गर्ने र दोक्लाममा समर्थन माग्ने तयारी गरेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment