Comments Add Comment

अटेरी उपसचिवलाई मन्त्रालयको निर्देशन– तीन दिनभित्र हाजिर गर्न जाऊ

७ भदौ, काठमाडौं । शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिनभित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गरी सो निर्देशन दिएको हो । मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा खटाएको थियो ।

उपप्रधान तथा शिक्षा मन्त्री स्तरीय निर्णयअनुसार तीन दिनभित्र खटाएको स्थानीय तहमा हाजिर हुन नजाने भएमा कारण खोली लिखितरुपमा निवेदन दिनसमेत निर्देशन गरेको छ ।

खटाइएको स्थानमा हाजिर पनि नहुने र निवेदन पनि नलेख्ने कर्मचारीलाई अर्को कुनै पनि व्यवस्था गर्न नसक्ने पत्रमा उल्लेख छ । मन्त्रालयले कनिष्ठ कार्यकारी अधिकृत कार्यरत स्थानीय निकायमा वरिष्ठ उपसचिवलाई नपठाउने जनाएको छ । शिक्षा मन्त्रालयका उपसचिव देवकुमार बरालले मन्त्री श्रेष्ठ स्वयंले कनिष्ठ कार्यकारी अधिकृत रहेको स्थानीय तहमा वरिष्ठ उपसचिव नखटाइने निर्णय भएको जानकारी दिए, आजको नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment