Comments Add Comment

दशकदेखि विज्ञापन, शून्य आवेदन

७ भदौ, काठमाडौं । लोक सेवा आयोगले १० वर्षदेखि खानी तथा भूगर्भ विभागका लागि खानी इन्जिनियर र मेटार्लजिस्ट पदका लागि आवेदन माग्दै आए पनि अहिलेसम्म पूर्ति हुन सकेको छैन ।

कहिलेकाहिँ १–२ आवेदन परे पनि उम्मेदवार अनुत्तीर्ण हुँदा यी पद वर्षौंदेखि रिक्त भएका हुन् ।

विभागका अनुसार, खानी इन्जिनियरिङतर्फ राजपत्रांकित तेस्रो श्रेणीका ८ पद, राजपत्रांकित दोस्रो श्रेणीका ४ दरबन्दीमध्ये एउटा रिक्त छ । मेटार्लजिस्ट इन्जिनियरतर्फ राजपत्रांकित तेस्रोमा ५ दरबन्दी र राजपत्रांकित दोस्रो श्रेणीका ४ मध्ये २ दरबन्दी रिक्त छन् । खुला प्रतिष्पर्धाबाटै यी पदपूर्ति गरिने भएकाले विज्ञापन बन्द नगरिने लोकसेवा आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले बताए ।

नेपालमा खानी इन्जिनियरिङको अध्यापन हुँदैन र छात्रवृत्तिमा विदेशमा अध्ययन गराउने व्यवस्था पनि छैन । विदेशमा खानी इन्जिनियरिङ अध्ययन गरेर आउन विद्यार्थीले पनि अभिरुचि देखाएका छैनन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment