Comments Add Comment

आर्थिक समाचार: बाढीले निजीक्षेत्रमा अर्बौं क्षति

७ साउन, काठमाडौं । साउन अन्तिम साता भारी वर्षापछिको भीषण बाढीले तराइमा निजीक्षेत्रको मात्र अर्बौं रुपैयाँ नोक्सानी भएको छ । बाढीले तराइका अधिकांश भूभाग डुबानमा परेका थिए । बाढीले कृषि, उद्योग र ब्यापारिक प्रतिष्ठानमा ठूलो क्षति पु¥याएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले बाढीले निजीक्षेत्रमा अर्बौको क्षतिलाई मुख्य समाचार बनाएको छ । भैरहवा रुट उच्चस्तरीय छलफलमा परेनलाई पनि पनि अन्नपूर्णले लेखेको छ ।

बैंक सञ्चालकमा जनप्रतिनिधी सन्दर्भमा प्रतिवन्धको कानुनी आधार मागलाइ नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । उड्डयन कालोसूचीबाट उम्किन पत्राचारलाई पनि नागरिकले लेखेको छ । दक्षिण कोरियाबाट आउने विप्रेषणमा सुधार भएनलाई नागरिकले लेखेको छ ।

खाद्यान्न आयात वर्षेनी बढेको सन्दर्भमा ४० अर्बभन्दा बढीको आयातलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । घट्दै समस्याग्रस्त बैंङक तथा वित्तिय संस्थालाई पनि अभियानले लेखेको छ ।

रोजगारीको गन्तब्य बन्दै तिब्बतलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । नेपालसँग हवाई सम्झौता गर्न अष्ट्रेलिया सकारात्मकलाई पनि कारोबारले लेखेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा ओझेलमा त्रिदेशीय सीमा नाकालाई कारोबारले लेखेको छ ।

बाढीपहिरो न्युनीकरण गर्ने दीर्घकालीन नीति ल्याउलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । अन्य मुलुकका उत्पादन भारतबाट खरिद प्रतिबन्धले समस्यालाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment