Comments Add Comment

बाढीपीडितलाई माओवादी केन्द्रले दियो ३५ लाख

पार्टीबाट सहभागी मन्त्रीले थप सहयोग गर्ने

७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपीडितलाई ३५ लाख सहयोग गरेको छ । माओवादी केन्द्रले प्रधानमन्त्री राहत कोषमार्फत ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँ सहयोग गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँको चेक हस्तान्तरण गरे ।

तराईका जिल्लामा अविरल वर्षासँगै बाढीले क्षति पुर्याएपछि माओवादी केन्द्रले आफ्ना सांसद्हरुको १ महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार माओवादी केन्द्रले आफ्ना सांसदको एक महिनाको तलव प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने पनि हस्तान्तरण कार्यक्रममा उपनेता रायमाझीले जानकारी दिए । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको अलग्गै दिने भएकाले यसमा नजोडिएको प्रमूख सचेतक रेखा शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment