Comments Add Comment

डुअल कलर टोनसहित सुजुकीको ‘इग्निस’ अब नेपालमा


७ भदौ, काठमाडौं । सुजुकीको नयाँ जापानिज कम्प्याक्ट एसयुभी ‘इग्निस’ नेपाल आउने भएको छ । यो वर्षको नाडा अटो-शोमा मारुती-सुजुकीको इग्निस नेपाली बजारमा आउने भएको हो ।

भारतीय बजारमा लोकप्रिय रहेको इग्निस अब नेपाली उपभोक्ताले पनि चढ्न पाउने छन् । फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले पनि नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको दावी छ ।

दमदार लुक्सका कारण भारतीय बजारमा यसको निकै चर्चा छ ।

यो कार सिग्मा, डेल्टा, जीटा र अल्फा गरी चार भेरियन्टमा उपलब्ध हुने मारुति-सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकपका सिनिर मार्केटिङ म्यानेजर करुण शाक्यले जानकारी दिए ।

पर्फेक्ट र स्टाइलिस लुक्स

पर्फेक्ट डिजाइनमा तयार भएको इग्निस नयाँ किसिमको कार चढ्न चाहानेहरुका लागि उत्कृष्ट विकल्प बन्ने देखिन्छ ।

जोसुकैले एकैपटकमा नोट गर्ने यसको आउट लूक नै हो । नेपाल सार्वजनिक नहुँदै यसको चर्चा भइरहेको छ ।


इग्निस अगाडिबाट मात्रै हैन पछाडिबाट हेर्दा पनि त्यत्तिकै स्मार्ट देखिन्छ । त्यसैले इग्निसलाई कम्पनीले ‘नन अफ काइण्ड’ अर्थात ‘कुनै वर्गमा नपर्ने’ गाडीमा रुपमा प्रचार गरेको छ ।

थोरै रेट्रो लुक्स लिएको यसमा हेडलाइट्सको साथ डे टाइम रनिङ लाइटले यसलाई एउटा फरक अवतारमा प्रस्तुत गरेको छ । कम्प्याक्ट कार भएर पनि बम्परमा ब्ल्याक क्लेडिङसहित एसयूभीवाला इलिमेन्टसहरु राखेर मस्क्यूलिन लुकका साथ ल्याइएको छ ।

यसको प्रतिस्पर्धा महिन्द्राको केयुभी १००सँग हुने अनुमान छ । कम्पनीले भने इग्निसलाई आफैंमा नयाँ सेगमेन्ट सिर्जना गर्ने कारका रुपमा प्रवर्द्धन गरिरहेको छ ।

‘यो तयस्तो कम्प्याक्ट एसयूभी हो । जसले आफ्नै महत्व र विशेषता बोक्छ’ शाक्यले भने,’यो गाडी नेपाल आएपछि यसलाई प्रतिस्पर्धा नै खासै गर्नुपर्दैन । यो आफैंमा अब्बल गाडी हो ।’

पावरफूल इञ्जिन

यसमा पावरफूल पेट्रोल इञ्जिन छ । यो १.२ लिटर पेट्रोल इञ्जिनमा आउनेछ । नेपालमा अहिले यसको डिजेल भेरियन्ट आउने छैन । यसको इञ्जिनले ८२ बीएचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्छ ।


यसमा २ लिटरको भीभीटी पेट्रोल इञ्जिन पनि दिइएको छ । यसमा ४ सिलिण्डर छन् । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन हुनेछ ।
यसले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ ।

मिहेनत झल्किने एक्सेटेरियर

सुजुकीले न्यु जेनेरेशन प्लेटर्फममा आधारित भएर यसलाई बनाएको छ । बलेनोमा नै प्रयोग भएको प्लेटर्फमलाई इग्निसमा प्रयोग गरिएको छ ।

यसको एक्सटेरियरलाई हेर्दा कम्पनीले निकै मिहेनतका साथ यसलाई तयार गरेको भन्न गाह्रो पर्दैन । क्रोम एसेन्टसहितको फ्रन्ट ग्रील र एलईडी प्रोजेक्टरले यसलाई रेट्रो लुक्स दिएको छ ।

साइड प्रोफाइलमा मल्टि स्पोक, १५ इन्च आल्मुनियम ह्वील, ब्ल्याक आउट एण्ड बी पिलरर एडजस्टेबल ओरआरभीएमएस, फ्ल्स युनिटको ठाउँमा पुल स्टाइल डो ह्याण्ड पनि यसमा छ ।


रेयर प्रोफाइलमा ब्ल्याक इन्सर्ट, टेलगेट माउन्टेड सप्लायर्स, टर्न इन्डिकेटर्स, रियर विन्डस्त्रिmन वाइपरका साथमा इग्निसको लुक असाधारण छ ।

वैज्ञानिक डायमेन्सन

कारको डायमेन्सन पनि वैज्ञानिक छ । यो कारको लम्बाइ ३७०० एमएम, चौंडाइ १६६० एमएम, उचाई १५९५ एममए छ । यसमा १८० एमएमको ग्राउण्ड क्लेयरेन्स पनि छ ।

इग्निस मारुति सुजुकीको सबैभन्दा छोटो क्रसओभर हो । यसको ह्वील बेस २४३८ एमएम छ । यो कार ८२५ देखि ८६० केजीसम्म हुन्छ ।

यसमा २५८ लिटरको बूट स्पेश पनि छ । जसलाई पछाडिको सिट फोल्ड गरेर ४१५ लिटरको पनि बनाउन सकिन्छ ।

आहा ! इन्टेरियर

इन्टेरियरको कुरा गर्दा यो प्रिमियम एसयूभी बराबरको फिचर्सबाट सुसज्जित छ । यसमा यत्रा गर्दा ह्याचब्याकमा बसेको अनुभव हुने छैन ।


यसको क्याबिन स्पेशले सबैलाई मोहित पार्न सक्छ । भित्र बस्दा कुनै असहज महसुस नहुने गरी फिनिसिङ गरिएको छ । यसमा डुअल टोन ड्यासबोर्ड छ ।

यसमा विभिन्न युटिलिटी फिचर्सहरु पनि छन् । पुस बटन स्टार्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी लगायतका फिचर्सले गाडीमा यात्रा गर्नेलाई आनन्दित र सहज अनुभत गराउँछ ।

टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमसहित इन्ड्रोइड अटो र एपल कार प्लेको सुविधा पनि इग्निसमा छ ।

जसमा आफ्नो स्मार्टफोन कनेक्ट गरेर यसको फिचर्स कारमै यूज गर्न सकिन्छ । यसको साउण्ड क्वालिटी पनि उच्च स्तरीय छ ।

आरामदायी कार

दुई ड्राइभ मोडले हाइवे र शहरी एरियामा राम्रो परफरमेन्स दिन्छन् । यसको फ्रन्टमा एमसीर्फजन स्ट्रट र रेयरमा टर्जन बीम सस्पेन्सन छ ।

त्यसैले यसमा लामो र अफरोडको यात्रा पनि सहज रपमा गर्न सकिन्छ ।

सुरक्षामा ‘नो कम्प्रमाइज’

सेफ्टीका लागि कम्पनीले इग्निसमा विभिन्न प्रविधिलाई अपनााएको छ । सबै भेरियन्टमा डुअल एयर ब्याग राखेर कम्पनीले सेफ्टीको मामिलमामा कम्प्रोमाइज गरेको छैन । सबैमा एबीएसको पनि सुविधा छ ।


यो कारको अघि डिस्क ब्रेक छ पनि पछि ड्रम ब्रेक छ । यसका सबै भेरियन्टमा ‘आइसोफिक्स’ चाइल्ड सिटको पनि सुविधा छ ।
यस्तै सेक्यूरिटी आलाम सिस्टम, रेयर पार्किङ सेन्सर विद क्यामेरा, चाइल्ड प्रुफ रेयर डोर, हाइ माउन्ड एलईडी स्टप ल्याम्प्स्को सुविधा इग्निसमा छ ।

सँगै स्पीड सेन्सिङ अटो डोर लकिङ, इम्मोब्लिजर, ओरभ ट्रयाकिङ टर्न इन्डिकेटर, हेडल्याम्प अन एण्ड की लेफ्ट रिमाइन्डर सिस्टम पनि यसमा छन् ।

कलरमा मल्टीअप्सन

इग्निस डुअल कलर टोनको साथमा आउनेछ । आफूलाई मनपर्ने कलरमा यो कार किन्न पाइनेछ । इग्निस तीन डुअल टोन शेड्समा आउनेछ ।

यो अपटाउन रेडको साथमा मिडनाइट ब्ल्याक, टिन्सेल ब्ल्यूको साथमा पर्ल आर्काटिक ह्वाइट र टिन्सेल ब्ल्युमा मिटनाइट ब्ल्याक कलरमा उपलब्ध हुनेछ । यो डुअल कलर टोन शेड्स जेटा र अल्फा भेरियन्टमा मात्रै दिइनेछ ।


सबै भेरियन्टमा सिंगल करल टोन पनि छन् । पर्ल आर्काटिक ह्वाइट, सिल्की सिल्भर, अपटाउन रेड, टिन्सेल ब्ल्यु, ग्लिसनिङ ग्रे र अर्बल ब्ल्यु कलरमा पनि इग्निस किन्न पाइनेछ ।

त्यसैले कार किन्दा विभिन्न कलरमध्ये आफूलाई मन परेको एउटा छान्न मुस्किल पर्ने छैन ।

युलिलिटी फिचर्स

यो गाडीमा विभिन्न युटिलिटी फिचर्सहरु पनि छन् , जसले गाडीमा यात्राका दौरान सहजता सिर्जना गर्छन् ।


यसमा कप र बोटल होल्डर, ड्राइभर सिट हाइट एडजस्टर, रेयर सिट एडजस्टेबल हेड रेस्ट्रेन्स, १२ भोल्टको एसोसरिज सकेट, पावर विन्डो लगायतका फिचर्स पनि छन् ।

अटो डाउन ड्राइभर पावरविन्डो, लगेज ल्याम्प्स्, पार्सल ट्रे, फूट रेस्ट लगायतका सुविधा पनि यसमा दिइएको छ ।

फग लाइटसहित एलो ह्वील, पडल ल्याम्प्स पनि यसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment