Comments Add Comment

कांग्रेसले अनुशासन समिति बनायो, रमेश रिजाल संयोजक

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रमेश रिजालको नेतृत्वमा अनुशासन समिति गठन गरेको छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भारत भ्रमणमा जानु अघि अनुशासन समिति गठन गरेका हुन् । समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे र हृदयराम थानी सदस्य छन् ।

देउवाले चार नेतालाई पार्टी केन्द्रीय कार्यसमिति सदस्य पनि मनोनित गरेका छन् । हरिप्रसाद नेपाल, राधेचन्द्र यादव, अमृत अर्याल र ध्यानगोविन्द रञ्जितलाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment