Comments Add Comment

कैलालीका बाढी प्रभावितका लागि बृहत स्वास्थ्य शिविर

७ भदौ, कैलाली । गत साताको बाढीले धेरै असर गरेका कैलालीको दक्षिण पूर्वी क्षेत्रमा रोटरी क्लब अफ धनगढीको समन्वयमा मंगलबार बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कैलालीको भजनी नगरपालिका-८ सोनाहाफाँटा भएको शिविरमा करिब १ हजार जनाले सेवा लिएको क्लबका अध्यक्ष दिर्घराज उपाध्यायले जानकारी दिए ।

उनले नेपाल नर्सिङ संघ, गेटा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी, नेपाल चिकित्सक संघ, नेपाल औषधि व्यवसायी संघलगायतका विभिन्न संघसंस्थाहरुले शिविरमा स्वास्थ्य सेवा प्रदान गरेको बताए ।

अध्यक्ष उपाध्यायले बाढी प्रभावित क्षेत्रमा जिल्ला दैवी प्रकोप उद्दार समतिको आयोजनामा शिविरको आयोजना गरिएको बताए । जिल्ला दैवी प्रकोप उद्दार समतिका संयोजक एवं कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढीप्रभावितहरुमा रोगको प्रकोप फैलिन नपाओस भन्नका लागि जिल्लाका स्थास्थ्य क्षेत्रमा काम गर्ने निकायहरुसँग समन्वय गरि निशुल्क शिविरको आयोजना गरेको बताए ।

सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेेण्डेण्ट डा. गणेश बहादुर सिंहले उपचारका लागि आएका अधिकांश विरामीहरुमा आँखाको संक्रमण, सामान्य खालको पखाल र केहिलाई ज्वरो आएको लक्षण देखिएको बताउँदै मौसम अनुसार यस्ता लक्षणहरु देखिने भएकाले आत्तिहाल्नु पर्ने अवस्था नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment