Comments Add Comment

किन जाने होमस्टे ? यस्तो छ महत्व


हामीकहाँ ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानिय पर्यटन प्रवर्द्धनमा यसले राम्रो सघाउ पनि पुर्‍याइरहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो ।

त्यसो त होमस्टेको छुटै विशेषता छ । आनन्द छ । महत्व छ । होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षतकार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मियता पनि मिल्छ । एउटै परिवार जस्तै भएर बस्न सकिन्छ ।

त्यसैले बिदामा कतै घुमघामको योजना बनाइरहेकाहरुलाई होमस्टे राम्रो विकल्प हो । होमस्टेले स्थानिय रहसनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँछ । यद्यपी, त्यसबाट अझ लाभ लिन वा होमस्टेको आनन्द उठाउनका लागि केहि कुरामा भने ध्यान दिनैपर्छ ।

वास्तवमा हामी एक अपरिचित घरमा पाहुना लाग्ने हो । त्यहाँको रहनसहन, चालचलन सबै कुरामा हामी बेखबर हुन्छौ । त्यसैले त्यहाँ जानुअघि सामान्य जानकारी भने लिनुपर्छ ।

शिष्टचार

शिष्टचार पालना गरौ । सकेसम्म परिवारका सदस्यलाई साइनो लगाएर सम्बोधन गरौ । काका, दाई, भाई, बहिनी, फुपु । यसले उनीहरुसँग निकट हुने अवसर दिलाउँछ । साथै साइनो अनुसार उचित व्यवहार गरौ । आफु बस्ने कोठा, आफुले प्रयोग गर्ने बाथरुम सफा राखौं । जसरी हामीले उनीहरुको बोली व्यवहारको ख्याल गरिरहेका हुन्छौ, त्यसैगरी उनीहरुले पनि नव आगन्तुक पाहुनाको हरेक कुरामा निगरानी गरिरहेका हुन्छन् ।

बातचित

आफु बसेको परिवारका सदस्यहरुसँग कुराकानी, भलाकुसारी गरौ । त्यस स्थानको विशेषता, दर्शनिय स्थान, रहनसहन, संस्कृति आदिको बारेमा चर्चा गरौ । साथै निजी कुराहरु पनि गर्न सकिन्छ । उक्त परिवारका निजी कुराहरुमा चासो राख्न सकिन्छ ।

खानामा प्रयोग


कुनै स्थानमा भ्रमण गरेपछि त्यहाँको स्थानिय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्नुपर्छ । अनुभव गर्नुपर्छ । त्यस्तै खानेकुरामा पनि सकेसम्म स्थानिय परिकारलाई महत्व दिनुपर्छ । आफुले खाइरहेको वा सहजै उपलब्ध हुने खानेकुरा भन्दा पनि स्थानिय स्तरमा उत्पादन हुने, स्थानिय स्तरमा पकाइने परिकारको स्वाद लिने प्रयास गरौ ।

यदि आफुलाई कुनै खानेकुरामा रुची छैन वा आफ्नो स्वास्थ्यमैत्री हुँदैन भने त्यसबारे सुरुमै अवगत गराउनुपर्छ ।

हार्दिकतापूर्वक प्रस्तुत हुने

होमस्टेको विकल्प छनौट गरेपछि त्यहाँ होटलको जस्तो वातावरण, होटलको जस्तो व्यवहार खोजेर हुँदैन । किनभने होमस्टेमा पारिवारिक रहनसहनमा भिज्न सक्नुपर्छ । सबै कुरा आफुलाई केन्द्रमा राखेर निर्णय गर्ने वा आफ्नो सुविधा मात्र हेर्ने गर्नु हुँदैन । धेरै डिमान्ड गर्नु हुँदैन । परिवारले जे दिन्छ, जसरी दिन्छ, त्यसैलाई राजीखुसीसाथ स्विकार गर्नुपर्छ । यदि कुनै कुराले समस्या भएमा विनम्रतापूर्वक अवगत गराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment