Comments Add Comment

यसकारण खल्लो हुन्छ दम्पतीको यौन जीवन


पति -पत्नीबीचको सम्बन्धलाई थप सुमधुर र मीठासपूर्ण बनाउने माध्याम हो, यौन सम्पर्क । सफल दाम्पत्य जीवनको एउटा हिस्सा मानिन्छ यसलाई । यद्यपी सफल यौन जीवनका लागि स्वस्थ्य शरीर र मन पनि चाहिन्छ । कतिपय अवस्थामा भने पति-पत्नीबीचको यौन सम्बन्ध पनि उचित हुँदैन ।

शिथिलता– यौन इच्छा भएपछि पुरुष इन्दि्रयमा थप रक्तसंचारको प्रभाव हुन्छ । त्यही कारण इन्दि्रयको उत्थान र कठोरता हुन्छ । यदि पार्टनर भय, चिन्ता, तनावले ग्रस्त छन् भने इन्दि्रयमा त्यो कठोरता आउँदैन ।

मानसिक तनाव- यौन उदासिनताको एउटा कारण हो, मानसिकता । इन्दि्रयको उत्थान नसाको उत्तेजनामा आधारित हुन्छ । जब संवेदना मिल्दैन, तब उत्थानको अभाव हुन्छ । यौनइच्छा भएर पनि पतिको इन्दि्रय सिथिलताको कारण यौनमा असमर्थ हुन्छन् ।

तातो, पीरो खानेकुराको सेवन – तितो, पीरो, मीठो वा तातो खानेकुरा अधिक सेवन गर्दा विर्य विकृत हुनपुग्छ । यसले गर्दा दम्पतीलाई यौन क्रियाले तृप्त गराउँदैन ।

प्रजनन अंगमा रोग- प्रजनन अंगको रोग पनि इन्दि्रयको उत्थान क्रियामा अवरोध पैदा गर्छ । त्यही कारण पति-पत्नीले यौन सम्बन्धमा पूर्ण आनन्द लिन सक्दैनन् । यस्तो अवस्थामा यौन क्रिया पीडादायक हुनसक्छ ।

पार्टनरको असहयोग– यौन क्रियामा दुवै पार्टनरले समान सहभागिता जनाउनु पर्छ । दुबैमा यौन रुची हुनुपर्छ र सक्रियता पनि । यदि एकजना पार्टनरमा यौन अरुची छ भने त्यो यौन क्रिया फिका हुन्छ ।

गैर जरुरी नियम-कहिले कहि पार्टनरले यौन सम्बन्धका क्रममा गैर जरुरी नियम बनाउँछन् । जस्तो कि, बत्ती अफ नगर्ने, नयाँ नयाँ तरिका अभ्यास गर्ने आदि । यसले यौन सम्बन्ध सुखमय हुँदैन ।

कहिल्यै पहल नगर्नु-पार्टनरले यौनमा कहिलेपनि रुची नदेखाउनु एवं यौनका लागि अग्रसर नहुनुले पनि उनीहरुको यौन जीवन खल्लो हुनपुग्छ । त्यसैले यौन क्रियाका लागि दुबैले इच्छा देखाउनुपर्छ र पहल गर्नु राम्रो हो ।

उत्साहको कमी– यौन क्रियामा दुबैको उत्साह अपरिहार्य हुन्छ । यदि पार्टनरमा कुनै उत्साह हुँदैन भने, त्यसले पनि यौन जीवनलाई प्रभावित बनाउँछ ।
यौन सम्पर्कको फाइदा

यौन सम्पर्कबाट केवल मनोरञ्जन मात्र प्राप्त हुँदैन । त्यसले शारीरिक तथा मानसिक रुपमा धेरै लाभ पनि मिल्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने – यौन सम्पर्कको प्रभाव सबै शरीरमा हुन्छ । यौन क्रियाको क्रममा रक्त प्रवाह राम्ररी सूचारु हुन्छ । मनलाई शान्त र रोमान्टिक तुल्याउँछ । यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।

प्राकृतिक पेनकिलर– शरीरको कुनैपनि भागमा दुखाई एवं पीडा छ भने यौन सम्पर्कमा पहरेज नगरौ । किनभने यौन सम्पर्कको क्रममा दुखाई कम हुन्छ । यसले तनाव पनि हटाउँछ ।

सुन्दरता- यदि पति-पत्नी खुलेर यौन सुख अपनाउँछन् भने उनीहरुको सुन्दरता पनि बढ्छ । साथसाथै, दम्पतीको आयु समेत बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment