Comments Add Comment

बार्साको ट्वीटरमार्फत डि मारिया भित्रिएपछि…

आफ्नो ट्वीटर एकाउण्ट हृयाक भएपछि बार्सिलोनाले मंगलबार राति एउटा लज्जास्पद अवस्थाको सामना गर्नुपर्‍यो ।

ट्वीटरमा बार्सिलोनाले रियल मडि्रडका पूर्व स्ट्राइकर एञ्जेल डिमारियालाई अनुबन्ध गरिएको फोटोसहित पुष्टि गरेको थियो ।

क्याटलन क्लवका १२ लाख फलोअर्स छन् र मंगलबारको अजिव ट्वीटपछि सबै अचम्भित भएका थिए ।

बार्सिलोनाका फ्यानहरुले व्यग्र प्रतीक्षा गरिरहेको समाचार थियो यो ।

१९८ मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेइन पुगेका नेइमारको प्रतिस्थापनका लागि बार्सिलोनाले खेलाडी खोजिरहेको छ । र, हृयाकरले घोषणा गरे कि पिएसजीका स्टारलाई बार्सा ल्याउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ ।

वास्तवमा यो एक ठूलो झुट थियो ।

तर, स्पेनिस जायन्ट बार्सिलोनाका समर्थकहरुले लामो समयसम्म पनि कुनै भेउ पाएनन् कि यो झुट हो ।

आवरमाइन नामक हृयाकर समूह यस घटनाको कारक हो र उनीहरुले आफ्नो हर्कतका कुनै रशस्य छोडेका छैनन् ।

बार्सिलोनाले तत्कालै डिमारिया बार्सिलोनामा आउने निश्चित भइनसकेको जानकारी गराएको थियो ।
बार्सिलोनाले भनेको छ, ‘हाम्रो एकाउण्ट हृयाक भएको छ । र हामी जतिसक्दो चाँडो यस समस्याको समाधानका लागि प्रयासरत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment