Comments Add Comment

बैंकिङ सुविधा दिलाइदिन प्रधानमन्त्रीसामू प्रवासी नेपालीको माग

७ भदौ, काठमाडौं । भारतमा क्रियाशील नेपाली संघ संस्थाहरुले आफूहरुलाई भारतीयसरह बैंकिङ सुविधा दिलाइदिन माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित नेपाली दूतावासमा बुधबार स्वागत गर्दै भारतमा क्रियाशील चार नेपाली संस्थाहरुले बिभिन्न १८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

अखिल भारत नेपाली एकता मञ्च, प्रवासी नेपाली संघ, जनसम्पर्क समिति भारत र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरी भारतमा रहेका नेपालीहरुले बिशेष बैंकिङ र बीमाजस्ता सुविधा दिलाउन माग गरे ।

ती संठगनले पेश गरेको ज्ञापनपत्रमा सन् १९५० मो नेपाल भारत मैत्री सन्धी असमान रहेकाले त्यसलाई सच्याउनुपर्ने, भारतबाट नेपालमा टेलीफोन गर्न महंगो हुने भएकाले त्यसलाई कम गराउन, तथा दिल्ली लगायत भारतीय महानगरमा नेपाली लगानीमा धर्मशाला या यात्रुगृह निर्माण गरिनुपर्ने लगायतका माग उल्लेख छ ।

साथै संस्थाहरुले भारतमा सिए, नर्सिङ लगायत बिधामा अध्ययनरत विद्यार्थीले नेपालमा दोस्रो दर्जा पाउने भन्दै यस्तो असमानता हटाउन पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment