+
+

भयानक हुन्छ यसरी गरिएको गर्भपात, के छ सुरक्षित विधी ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ७ गते १६:४७


असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण अहिले गर्भपतन गराउने क्रम बढ्दो छ । तथ्यांकहरुले भन्छ, गर्भपतन गराउने किशोरी बढे । गर्भपतन गराउन आउनेहरूमध्ये १७ प्रतिशत २० वर्षमुनिका किशोरी  छन् । त्यसो त, अनिच्छित गर्भ रहेपछि वा असुरक्षित यौन सम्बन्धको कारण पनि गर्भपतन गराउनेहरु प्रशस्तै छन् ।

एक अध्ययन अनुसार नेपालमा कुल गर्भमध्ये ३१ प्रतिशतले गर्भपतन गराउँछन् । अनिच्छित गर्भमध्ये ६२ प्रतिशतले गर्भपतन गराउने गरेका छन् ।

निश्चित अवधीसम्मभित्र गर्भपतन गराउन पाउने हामीकहाँ कानुनी मान्यता नै छ । साथै गर्भपतन सेवा उपलव्ध गराउने संस्थाको कमी छैन । पछिल्लो समय औषधीद्वारा समेत यस्तो विधी अपनाउने गरिएको छ ।

पीडादायक

कुनैपनि महिलाको लागि गर्भपात भावनात्मक रुपले व्यथित गर्ते क्षण हो । एक त गर्भपतन गराउनु परेकोमा उनीहरु मानसिक रुपले दुखी हुन्छन् भने, अर्कोतर्फ शारीरिक पीडा पनि झेल्नुपर्छ । दुबै अवस्था चिन्ताजनक हुन्छ । अझ कतिपय अवस्थामा त गर्भपतन निकै घातक हुन्छ ।

कुन अवस्थामा  असुरक्षित ?

कति महिलालाई असुरक्षित गर्भपतनको बारेमा थाहा हुँदैन । यतिसम्म कि, गर्भपतनपछि के कस्ता समस्या झेल्नुपर्छ भन्ने कुरामा समेत उनीहरु बेखबर हुन्छन् । गर्भपात प्रसवको समय हुने पीडाभन्दा कम हुँदैन । यदि यसलाई असुरक्षित ढंगले गरिएको छ भने त त्यो निकै खतरनाक सावित हुनसक्छ ।

असुरक्षित गर्भपात त्यही हो, जो कुनै अप्रशिक्षित व्यक्तिद्वारा गराइन्छ । उनीहरुसँग न शैद्धान्तिक ज्ञान हुन्छ, न अनुभव । यद्यपी गर्भपात गराउन जाने महिलाहरुले उनीहरुको बारेमा सोधीखोजी गर्दैनन् । आफुलाई कस्तो व्यक्तिले गर्भपात गराउँदैछन् भन्ने कुराको हेक्का राख्दैनन् । ति व्यक्ति कति अनुभवी छन् भन्ने कुराको कुनै जानकारी लिदैनन् ।

सम्बन्धित महिलाले गर्भपात गराउने व्यक्तिबारे खासै सोधीखोजी नगर्ने भएकाले अनुभवहिन एवं अप्रशिक्षित व्यक्तिले पनि यस्तो धन्दा चलाइरहेका हुन्छन् । वास्तवमा उनीहरु कानुनी रुपले आधिकारिक मानिदैन । असुरक्षित गर्भपातबाट हुने दुखाई, संक्रमण, सन्तानहिनता जस्ता जटिलताबारे उनीहरुलाई कतिपनि हेक्का हुँदैन । त्यस्ता व्यक्तिद्वारा गर्भपात गराउँदा मृत्यु समेत हुने खतरा हुन्छ ।

असुरक्षित गर्भपातको असर महिलाको स्वास्थ्यमा पर्छ । दुई हप्तासम्म पनि उनीहरुको पेट दुख्ने, ज्वरो आउने, कमजोरी महसुष हुने, रक्तश्राव हुने भय हुन्छ ।

कस्तो अवस्थामा गर्भपात ?

गर्भ निरोधका साधन अपनाउँदा-अपनाउँदै पनि गर्भ रहन गएमा वा बलात्कार जस्तो घटनाबाट गर्भ रहेमा गर्भपात गराउनुपर्ने वाध्यता रहन्छ । साथै आमाको जीवन रक्षाको लागि पनि गर्भपतन गराउनुपर्ने अवस्था आउन सक्छ । यदि गर्भको बच्चा कुनै विकार रोगले ग्रस्त छ भने गर्भपतन गराउनुको विकल्प हुँदैन ।

तर, अहिले जथाभावी यौन सम्बन्ध बनाउने र पटक पटक गर्भपात गराउने चलन बढ्दो छ । गर्भपातको वातावरण सहज हुनका साथै गर्भपातको हानीबारे ज्ञानको अभावमा पनि यसले बढाव पाइरहेको छ ।

कस्तो अवस्थामा खतरनाक ?

-अप्रशिक्षित वा अनुभवहीन व्यक्तिद्वारा गरिएको गर्भपात खतरनाक हुनसक्छ ।

– फोहोर वा प्रकास एवं हावारहित कोठामा गरिएको गर्भपात ।

– किटाणुयुक्त उपकरणको प्रयोगबाट गरिएको गर्भपात ।

– १२ हप्ताअघि नगरिएको गर्भपात ।

– घरमै भ्रुण हत्या गर्ने आफुखुसी उपाय अपनाएको अवस्थामा ।

– जडीबुटीको प्रयोग वा योनीमा विभिन्न सामग्री राख्ने ।

असुरक्षित गर्भपातपछि पेटमा असहनिय दुखाई, ज्वरो आउनसक्छ । साथै योनीबाट दुर्गन्धयुक्त स्राव हुन्छ । यो खतरानक अवस्था हो । यसबाट के बुझ्न सकिन्छ भने, गर्भपात अपूर्ण भयो । र, गर्भाशयको भित्र भ्रुणको केहि अंश बाँकी छ । यस्तो अवस्थामा ज्यान पनि जान सक्छ ।

सुरक्षित गर्भपात

-१ महिनासम्मको गर्भलाई औषधीबाट पनि समाप्त गरिन्छ । किनभने यो भ्रुणको सुरुवाती अवस्था हो । तर, यो भन्दा बढी समयको गर्भ समाप्तका लागि अर्बोसन नै गर्नुपर्छ जो उपकरणको माध्यामबाट हुन्छ ।

सुरक्षित गर्भपात भ्याकुम एस्पिरेशन विधी हो । यसमा योग्य चिकित्सकद्वारा विशेष प्रकारको ट्युब योनीको बाटो हुँदै गर्भाशयमा पुर्‍याइन्छ र भ्रणलाई तानेर बाहिर निकालिन्छ । यो एक सरल र सुरक्षित विधी हो । गर्भमा रहेका केहि अंश क्यूरेटरको माध्याबाट निकालिन्छ । क्यूरेटर चम्चाको आकारको एक उपकरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?